Government of Nepal Logo
Government of Nepal Logo
मधेश प्रदेश सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रादेशिक अस्पताल, सिरहा

सिरहा

मधेश प्रदेश सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रादेशिक अस्पताल, सिरहा

सिरहा

वार्षिक समिक्षा गाेष्ठीमा मधेश प्रदेश मै अग्रस्थानमा प्रादेशिक अस्पताल सिरहा


स्वास्थ्य निर्देशनालय मधेश प्रदेशकाे आ.व. २०८०/०८१ मा सम्पादित कार्यक्रमहरुकाे प्रदेश स्तरिय वार्षिक समिक्षाबाट मधेश प्रदेशमा स्वास्थ्य सेवा प्रवाह गरिरहेकाे प्रादेशिक अस्पताल सिरहा प्रथम स्थान ल्याउन सफल भएकाेछ । मधेश प्रदेश सरकारकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेकाे स्वास्थ्य निर्देशनालय सपहीद्दारा मिति २०८१/०७/०२ गते देखि ४ गतेसम्म आयाेजित वार्षिक समिक्षा गाेष्ठीमा मधेश प्रदेश सरकारकाे माननिय मुख्यमन्त्री सतिश कुमार सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री माननिय शत्रुधन प्रसाद सिंह लगायत स्वास्थ्य निर्देशनालयकाे निर्देशक तथा मातहतका वरिष्ठ व्यक्तित्वहरुकाे उपस्थितीमा मधेश प्रदेशमा स्वास्थ्य सेवा प्रवाह गरिरहेका प्रादेशिक अस्पतालहरुले सम्पादन गरेका कार्यक्रमहरुकाे वार्षिक समिक्षा कार्यक्रम प्रस्तुतिकरण भएकाे थियाे । प्रादेशिक अस्पताल सिरहाले विगत तिन वर्ष देखि ०७८/०७९,०७९/०८० र ०८०/०८१ मधेश प्रदेश मै निरन्तर प्रथम स्थानमा रहिरहन सफल भइ स्वास्थ्य सेवा प्रवाह गर्दै आईरहेकाेछ । प्रादेशिक अस्पताल सिरहाले नेपाल सरकार तथा प्रदेश सरकारबाट प्रवाह भइ प्राप्त गरेकाे न्युनतम श्राेतसाधनहरुलाई  अधिक्तम परिचालन गर्दै अस्पतालमा स्वास्थ्य सेवा प्रवाह गर्दै आईरहेकाछन ।  कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री साेहिन्द्र प्रसाद यादव र मेडिकल सुपरिन्टेन्डेण्ट डा. सराेज यादव ज्युलाई मुख्यमन्त्री सतिश सिंह तथा स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंह ज्युले  प्रमाणपत्र दिई सम्मानित गरेका छन । स्वास्थ्य सेवा प्रवाहमा अतुलनिय सहकार्य गरेका प्रादेशिक अस्पताल सिरहाका सम्पुर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीहरुलाई प्रादेशिक अस्पताल सिरहाका अध्यक्ष साेहिन्द्र प्रसाद यादव तथा मे.सु. डा. सराेज यादव ज्युले धन्यवाद दिदै शुभकामना  व्यक्त गर्नुभएकाछन ।

पछिल्लो अपडेट गरिएको : 2081-10-23 11:02:15
© सर्वाधिकार सुरक्षित सामाजिक विकास मन्त्रालय

Developed By : ProActive Developers